भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

नयाँदिल्ली ।  भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धानमा रहेका चिदम्बरमलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेस नेतासमेत रहेका चिदम्बरमले आफूले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने माग गरेपनि अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यसलगत्तै चिदम्बरम फरार भएका थिए ।

चिदम्बरमलाइ पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेपनि उनि भेटिएनन् । अनुसन्धानका क्रममा चिदम्बरमका छाेरा कार्ति चिदम्बरमले हिनामिना गरेकाे अवैध रकमबाट बेलायतमा घर र स्पेनमा टेनिस क्लब किनेको खुलासा भएको थियो।

प्रहरीले खोजी तिब्र पारेपछि चिदम्बरमले साँझ अचानक कंग्रेसको पार्टी कार्यालय पुगेर आफूलाई भाजपा सरकारले फसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनपछि घर फर्किएका उनलाई सीबीआईको टोली राति घरमै पुगेर बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो । कंग्रेस नेता राहुल गान्धी र महासचिव प्रियकां गान्धीले सरकारले आफ्ना नेतामाथि अनुसन्धान थालेपछि विरोध जनाएका  छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।