मुसलधारे वर्षाका कारण ९ को मृत्यु, ३५ बेपत्ता

चीन । को दक्षिण–पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने संख्या ९ पुगेको छ ।

स्थानीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता भइरहेका छन् । बुधबारसम्म यस घटनामा परी २६ जना बेपत्ता भएका थिए ।

देशको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् । ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुृरु भएको प्राकृतिक प्रकोपबाट अन्य ६ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए ।

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकालाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तु पु¥याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किरहेका जनाइएको छ।

स्थानीय अधिकारीले अप्ठ्यारोमा परेका पर्यटकको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।