‘भिडियो कन्फरेन्स’ बाट मन्त्रिपरिषद्को बैठक

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि ‘भिडियो कन्फरेन्स’ बाट पनि हुने भएको छ ।

बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक ‘भिडियो कन्फरेन्स’ बाट पनि गर्न सकिने निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संसोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिङ्ग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरी नियमावली संशोधन गरिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको शिलशिलामा सिंगापुर रहनुभएका प्रधान मन्त्रीले ‘भिडियो कन्फरेन्स’ मार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नुहुनेछ ।

यस्तै मन्त्रिपरिषदको बैठकले तराई मधेश द्रुत मार्गको केही स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।