सुत्केरीलाई प्रोत्साहन भत्ता

सिन्धुली । शिशु तथा मातृमृत्युदर घटाउन तिनपाटन गाउँपालिकाले सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । गाउँपालिकाले २ हजार २ सय र नेपाल सरकारले दिने २ हजार ८ रुपैयाँ गरी पाँचहजार रुपैंयाँ भत्ता दिन शुरु गरेको हो ।

गर्भावस्थामा ४ पटकसम्म गर्भ जाँच गरी स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताउनुभयो । चालु आर्थिक वर्ष (०७६/०७७) बाट भत्ता प्रदान गर्न थालिएको उहाँले बताउनुभयो । अस्पतालमा नै सुत्केरी गराई आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउन प्रोत्साहनको कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक राम वेचन शाहका अनुसार गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधी खाएकोे तथा बच्चा जन्मिसकेपछि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभित्र जन्म दर्ता समेत गराएका महिलालाई उक्त भत्ता दिन थालिएको हो ।

यस्तै गाउँपालिकाले गर्भवती तथा दुईवर्ष मुिनका बालबालिका भएका घरमा रिफ्लेक्ट साईनवोर्ड राखिएको जनाएको छ । सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्य चौकी जान आउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्ने गरि चालु वर्षको कार्यक्रम ल्याएको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर–८, स्थित बाहुनतिल्पुङ स्वास्थ्य चौकीका ईन्चार्ज इन्द्रबहादुर दुलालले पछिल्लो समय महिला अस्पतालमा नै आएर सुत्केरी हुने गरेको बताउनुभयो । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।