Logo बैशाख २४, २०७८ शुक्रबार


‘ईपीजी प्रतिवेदन कार्यान्वयन हुन्छ’

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित पत्रपत्रिकाले फरक–फरक बिषयका समाचार सम्प्रेषण गरेका छन् ।

बिहीबार जनता समाचार डटकम मा सुस्तायो सुस्ताको झोलुङ्गे पुल, ‘सचिवहरू मन्त्रीको रोजाइमा परेनन् कि ?, सम्झौता मजाक थियो’, मुसलधारे वर्षाका कारण ९ को मृत्यु, ३५ बेपत्ता, सांसद र अभियन्तालाई सम्मान गर्दै खुशी, खुशी सहकारीको तीज, राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड लगायतका समाचार प्रकाशित भए ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री सिंगापुर प्रस्थान, संसद्मा परराष्ट्रमन्त्रीको जवाफ– ईपीजी प्रतिवेदन कार्यान्वयन हुन्छ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । प्रतिनिधिसभामा सार्वजनिक वक्तव्य दिंदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझाउने र कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

कान्तिपुर दैनिकमा लाञ्छानामा उत्रिए नेपाल–ओली शीर्षकको समाचारलाई मुख्य समाचार बनाइएको छ । बिहीबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्की भएको समाचार छ । त्यसैगरी कान्तिपुरले सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति शीर्षकको समाचारलाई पनि मुख्य समाचार बनाएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिहरूका छानबिन आयोगमा राजनीतिक सहमति र भागबन्डामा पदाधिकारी नियुक्त हुन लागेकोमा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको समाचार छ ।

अन्नपूर्ण पोष्ट दैनिकले पनि नेकपा सचिवालय बैठकमा केपी ओली र माधव नेपालबीच भएको चर्काचर्कीलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । प्रधानमन्त्री उपचारका लागि सिंगापुर प्रस्थान को समाचारलाई पनि मुख्य समाचारकै रूपमा प्रकाशित छ । अन्नपूर्ण पोष्टले प्रधानमन्त्री ओलीको मिगौंलामा खराबी भएको समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।