स्थानीय तहले ल्याए बुहारी पढाउने कार्यक्रम

काठमाडौं । ओखलढुङ्गाका दुई स्थानीय तहले बुहारीलाई अध्ययनमा सहयोग गर्ने कार्यक्रम ल्याएका छन् । सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन् ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीका अनुसार विद्यालय शिक्षामा बुहारीहरूको आकर्षण बढाउन आर्थिक सहयोग गर्ने नीति ल्याइएको हो । विवाहित महिलालाई कम्तीमा माध्यामिक तहसम्मको शिक्षामा ५ हजार बार्षिक छात्रावृत्ति प्रदान गरिने उनको भनाइ छ ।
अध्यक्ष अधिकारीले भने,‘विवाह गरेपछि पढाई छोड्ने चलनलाई अन्त्य गर्दै औपचारिक शिक्षा पुरा गराउने हाम्रो लक्ष्य हो पढ्ने बुहारीलाई बार्षिक ५ हजार दिन्छौं ।’

उक्त छात्रावृत्ति प्राप्त गर्नको लागि वैधानिक विवाह भएको हुनु पर्ने र खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थी मात्रै यो कार्यक्रमा समेटिने गाउँपालिकाले जनाएको छ ।

यस्तै खिजिदेम्बा गाउँपालिकाले यस वर्ष गाउँपालिकाभित्र अध्ययनरत १५ जना विवाहित छात्राहरूलाई बुहारी छात्रवृत्ति प्रदान गरेको छ । पालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका बुहारी छात्राहरुलाई प्रोत्साहन स्वरुप मासिक ५ सयका दरले वार्षिक ६ हजार छात्रवृत्ति प्रदान गरेको हो । नागरिक दैनिकमा खबर छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।