‘गौरा बिशिष्ट पहिचान झल्काउने पर्व’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले गौराको अवसरमा शुभकामना दिँदै सामाजिक सद्भावमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य निधि हुन्’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा नेपालको एक बिशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित छ ।’

प्रधानमन्त्रीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सदभाव कायम  गराएको उल्लेख गर्नुभएको छ ।

‘हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्तरघुलनका अनुपम उदाहरण हुन्’ शुभकामना सन्देशमा उल्लेख छ ‘सद्भाव र एकताको प्रवर्द्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसर मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीबहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गर्दछु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।