पाँच वडा अध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा । बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । वडाअध्यक्षहरूले नगरपालिकामा प्रमुख, र उपप्रमुखले एकलौटी गरेको भन्दै बिहीबार राजीनामा दिएका हुन् ।
वडा अध्यक्षहरू धर्मराज पाध्या, डम्मरबहादुर महत, वीरबहादुर रावल, विनोदकुमार विक र सुरेन्द्र नाथले बिहीबार सामूहिक राजीनामा पेश गरे । वडा अध्यक्षहरूले विकास समितिका सदस्य समेत नरहने गरी नगर कार्यपालिकाको बैठकमै राजीनामा दिए । पाँचै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडा अध्यक्षमा विजयी भएका हुन् ।
नगरपालिकामा प्रमुख र उप्रमुखले प्रचलित नीति नियम र ऐन कानून विपरीत मनोमानी निर्णय गर्दै आएको वडाअध्यक्षहरूको आरोप छ ।नगरप्रमुख र उपप्रमुखसहितले पदीय जिम्मेवारी नै बेवास्ता गर्दै एकलौटी निर्णय गरेकाले राजीनामा दिएको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार विकले बताउनुभयो