पत्रकार महासंघ बागलुङ शाखाको भवनमा तोडफोड

राहुल बहादुर सार्की

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा तोडफोड भएको छ । महासंघको निर्माणाधीन सभाहलको युपिविसी भत्काइएको छ भने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा-टुक्रा पारिएको छ ।

पछिल्लो तीन सातादेखि तार एकै साथ काटिने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेको महासंघले जनाएको छ । महासंघले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर अज्ञात समुहको खोजी गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासंघको भवनमा रातिको समयमा भएको तोडफोडका विषयमा मौखिक जानकारी आएको र यस बिषयमा आवश्यक अनुसन्धान जारी राखिएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।