प्रतिबन्धित भारतीय रुपैंयाँसहित पक्राउ

वीरगञ्ज । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैंयाँसहित एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता र इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार भारत विहारका ३६ वर्षीय मिथिलेसकुमार पक्राउ गरेको हो ।
मिथलेशमाथि शंका लागेर चेकजाँच गर्दा २ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।