भारतीय खसी ट्रकसहित सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बर्दिया । भारतबाट ल्याइएको भारतीय खसी र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा काठमाडौंतर्फ लैजान लागेको ना ६ ख ९४९२ नम्बरको ट्रकसहित खसी नियन्त्रणमा लिएको सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो । नियन्त्रणमा लिएको खसी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।