‘ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग’

बसन्त लिम्बू
ताप्लेजुङ । ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रवार ताप्लेजुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा हिमाली हरित मार्गबारे जानकारी गराउनुभएको हो ।
हिमाली क्षेत्रमा सुन्दर ठाउँ रहेकाले पर्यटकलाई सहज बनाउने उद्देश्यले हरित मार्ग बनाउने योजनाका साथ ‘मास्टर प्लान’ बनाएर सरकार अघि बढेको बताउनुभयो ।
योजना नीति तथा कार्यक्रममासमेत समेटिएको बताउँदै पदमार्गमार्फत् आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याएर विश्वको तेस्रो अग्लो हिमाल कंञ्चनजंघालाई पर्यटकीय क्षेत्रमा जोड्ने सर्किटको रूपमा विकास गर्ने बताउनुभयो ।