‘सत्ता उल्टन सक्ने खतरा’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सिदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै दाहालले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताउनुभयो ।

‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजविरुद्ध लडेका जनता कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि यिनलाई पनि लखेठ्नुपर्छ भन्ने यो विडम्बना हामीले देख्यौं इतिहासमा’, दाहालले भन्नुभयो, ‘हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ, कुरा बुझ्नु भयो नि ! सिष्टम चाहिँ कताकता त्यस्तै देखिने ।’

उहाँलेले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उहाँले गर्नुभयो ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धता बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…