ट्राफिक नियम मिच्दा बस दुर्घटना, १७ को मृत्यु

नाइजेरिया । ट्राफिक नियम मिचेर सवारी चलाउँने बस दुर्घटना हुँदा १७ को मृत्यु भएको छ । क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ यात्रुको मृत्यु भएको हो ।

प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई यात्रु गम्भीर घाइते भएका छन् ।

तीव्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुवै सवारी साधन जुधेको प्रहरीको भना छ । नाइजेरियामा सवारी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् ।

नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।