Logo मंसिर १४, २०७७ आइतबार


श्रीमानको हत्या गर्न लाखौंको सुपारी दिएको खुलासा

महोत्तरी । बर्दिबास नगरपालिकाकी एक महिलाले  श्रीमानको हत्या गर्न पेशेवर अपराधीलाई लाखौंको सुपारी दिएको खुलेको छ ।नगरपालिकाको वडा नम्बर ३ का ३६ वर्षे सरोज भनिने श्रवण थापालाई श्रीमती पूजाले पेसेवर अपराधीमार्फत् हत्या गराएको खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको स्मृति पार्क नजिक सरोजको शव फेला परेको थियो। श्रीमती पूजाले आफ्नी बहिनीमार्फत् पेसेवर अपराधी बोलाएर श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।

सरोजको टाउको पछाडि ढुङ्गाले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको थियो । हत्या आरोपमा प्रहरीले सर्लाही रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा, वडा–२ का मुकेश साह, धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह र टिआई सहनीलाई पक्राउ गरेको अधिकारीले जानकारी दिनुभयो ।

अपराधीलई साढे ४ लाख सुपारी बुझाएर पूजाले श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सरोजको हत्या आरोपी पूजा भने फरार रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।