टेलिभिजन इतिहासमै पहिलोपटक एक साथ सय समाचार

काठमाडौं । नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक जनता टेलिभिजनले एक सय समाचारको सँगालो ‘शत प्रतिशत समाचार’ शुरु गरेको छ ।

राजनीतिक, समाजिक, आर्थिक, खेलकुद, अन्तर्राष्ट्रिय, मनोरञ्जन लगायतका सम्पूर्ण समाचार एकैपटक प्रस्तुत गर्ने उद्देश्यले शत प्रतिशत समाचारको निर्माण गरिएको कार्यक्रम उत्पादक बिनोद लामिछानेले जानकारी दिनुभयो । दर्शकको व्यस्त दैनिकीलाई मध्यनजर गर्दै एकैपटक सम्पुर्ण समाचार प्रशारण गर्दा सूचनाको पहुँच छोटो समयमै सबै  सामु पुर्याउने ‘शत प्रतिशत समाचार’ को उद्देश्य रहेको लामिछानेले  बताउनुभयो ।

‘शत प्रतिशत समाचार’ जनता टेलिभिजनमा हरेक राती १० बजे प्रशारण हुने र बिहान १२ बजे र मध्यराति ३ बजे पुनः प्रशारण हुनेछ । शतप्रतिशत समाचार भदौ १ गतेबाट सञ्चालनमा आएको हो । समाचारलाई जनतासमाचार डटकम र यूट्बमा समेत हेर्न सकिनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।