‘गौराले सामाजिक सद्भाव अभिवृद्धि गरोस्’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्दै गौरा पर्वले जनजीवनमा गहिरो छाप र बिशिष्ट पहिचान बनाएको बताउनुभएको छ ।
‘विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र सामाजिक सद्भावना बढाउन कोशेढुङ्गा सावित भएको छ’ शुभकामनामा उल्लेख छ, ‘गौरा पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् ।’