राष्ट्रपतिबाट श्रीकृष्णको प्रसाद ग्रहण

ललितपुर । श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान श्रीकृष्णको प्रसाद ग्रहण गर्नुभएको छ ।

पाटनको कृष्ण मन्दिरमा पुगी भण्डारीले प्रसाद ग्रहण गर्नुभएको हो । राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरी फर्कनु भएको थियो । फूल प्रसाद ग्रहण पछि उहाँले पुजारीलाई दक्षिणा दिनुभएको थियो ।

कृष्णमन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुका साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजाआजा गर्न रोकिएको थियो ।

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरमा आज दिनभर नै भक्तजनको ठूलो घुँईचो लागेको थियो ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ ।

आजको दिन ब्रत बस्ने ब्रतालुले राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरी रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्तिसंगीत गाउँने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…