संसदीय समितिद्वारा जोरपाटी–साँखु सडक अनुगमन

काठमाडौं । संसदीय समितिले चावहिल, जोरपाटी साँखु सडक निर्माण अवस्था अनुगमन गरेको छ । प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल, जोरपाटी , साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकार समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो । सडक अनुगमनपछि सभापति कल्याणी खड्काले जिम्मेवारीभित्रको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । ‘सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको छ’ उहाँले भन्नुभयो, ‘बिरालोलाई लगेर तपाईंले ढोकामा थुनिदिनुभयो भने तपाईंको घाँटी च्याप्न आउँछ ।’

सभापतिको कडा निर्देशनपछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो । जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो बिस्तारमा असहयोग गरेको गुनासो गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाइन दिन ढिलाइ गरेका कारण समस्या भएको भन्दै सम्पूर्ण दोष आयोजनातर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ५ कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्ये को लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन् । अनुगमनका क्रममा समितिले चावहिल मैजुबहाल र जोरपार्टी साँखु सडक खण्ड दुराअवस्थामा रहेको ठहर गरेको छ । कुन भूगोलमा कस्तो बाटो उपयुक्त छ ? अध्ययन अनुसन्धान विना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिनुभयो । प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदले आवाज उठाएपछि संसदीय समितिले त्यसतर्फ चासो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…