Logo कार्तिक ११, २०७७ मंगलबार


टुँडिखेलमा ‘गौरा पर्व’ भव्यताकासाथ सम्पन्न

काठमाडौं । सुदरपश्चिम क्षेत्रको मौलिक पर्व गौरा सुदुरपश्चिम क्षेत्रका वासिन्दाहरुले धूमधामका साथ मनाएका छन् ।

भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पूजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।

राजधानीमा शुक्रबार सुदुरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आई बसोबास गर्नेहरुले टुँडिखेलमा जम्मा भई गौरा पर्व मनाएका छन् । पौराणिक कालमा सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनि वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको संस्कृतिविद्को भनाइ छ ।

देशका अन्य भागमा महिलाले तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् ।

भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्थी ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ ।

गौरा पर्वमा महिलाले आफ्नो परम्परा अनुसार नाचगान तथा भजन गर्ने चलन छ । यो दिनमा सुदुरपश्चिमवासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौंको टुँडिखेलमा पनि दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासीले देउडा नाचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन…