महानिरीक्षक खनालले हिरासतमै भेटे रविलाई

काठमाडौं । महानिरीक्षक खनालले आत्महत्या दुरुत्साहन आरोपमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन पुगेर खनालले रविलाई भेटेका हुन् ।

रुपन्देहीको एक कार्यक्रममा जाने क्रममा खनालले चितवन प्रहरीको हिरासतमा रहेका रविलाई भेटेको प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिएका छन् । प्रहरी कार्यालयको अनुगमन गर्ने क्रममा रविसँग भेट गरिएको बताइएको छ ।

रविसँगको भेटमा महानिरीक्षक खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको सहप्रवक्ता जोशीले बताए । मृतक शालिकराम पुडासैनीको भिडियोको आधारमा साउन ३० गते अनुसन्धानका लागि रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार दोस्रो पटक थपिएको पाँचदिनको म्याद आइतबार सकिदैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।