४० वर्षमा जागिर खाने कर्मचारीले पेन्सन नपाउने

काठमाडौं । नेपाल सरकारको सेवामा रहेका गैरसैनिक कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुर्याउने विषयमा चर्को बहस लामै समयदेखि जारी छ । निजामती सेवा ऐनमा संशोधनको चर्चा चल्नासाथ कर्मचारीको उमेर हद बढाउने र नढाउने विषयमा कर्मचारीतन्त्रदेखि राजनीतिक संयन्त्रसम्म बहस हुँदै आएको छ ।

देशको आर्थिक र बेरोजगारीको अवस्था, दक्ष जनशक्तिको उपलब्धता, नागरिकको औसात आयुलाई नै मुख्य आधार मानेर कर्मचारीको अवकाश उमेर निर्धारण गरिन्छ । शारीरिक रुपले असमर्थ कर्मचारीलाई आराम दिने कार्यरत कर्मचारीको पदोन्नति लगायत वृति विकासमा अवसर दिने र नयाँ जनशक्तिलाई प्रवेश दिनु अनिवार्य अवकासको मुख्य उद्देश्य रहेको भनाइ विद्हरुको छ ।

निजामती कर्मचारीको उमेर ५८ वर्षबाट ६० वर्ष हुने भयो भनेर चर्चा भइरहे पनि संघीय ससदको राज्य व्यवस्था तथा सुशासन समितिबाट हालसम्म निर्णय भइसकेको छैन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयकमाथिकाे छलफल समितिमा जारी छ ।

समितिले यस ठोस निर्णय नगर्दै कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष पुर्याउनुपर्छ भन्ने दबाब भने बढेको छ । समितिले औपचारिक प्रतिवेदन तयार गरेर संसदले पारित गरी प्रमाणीकरण नगरेसम्म कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुग्यो भन्ने आधार छैन ।

निजामती सेवाको हिसाबले पुरुष ३५ र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन् । यसरी ४० वर्षमा सेवा प्रवेश गरेका महिला ५८ वर्षमै अवकाश हुन्छन् । उनीहरुको जम्मा सेवा अवधि १८ वर्षको हुन्छ । जब कि पेन्सन पाउन २० वर्ष सेवा अवधि पुर्याउनु पर्छ । यसरी अहिले उमेर हद नबढाउने हो भने ४० वर्षमा सेवा प्रवेश गर्ने कर्मचारीले पेन्सन नपाउने अवस्था छ । ४० वर्षमा प्रवेश गरेकालाई पेन्सन दिलाउने हो भने उमेर हद ६० वर्ष पुर्याउनु पर्ने अवस्था छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…