ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालले मनाउने प्रयास थाल्नुभएको छ ।

अध्यक्ष दाहाल नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउने पहल गर्नुभएको हाे ।

प्रधानमन्त्री र ओली वरिष्ठ नेता नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय हुनुभएको हो ।
दाहालसँगको छलफलमा नेता नेपालले भने आफ्नो अडान छाेड्नु भएको छैन ।

नेता नेपालले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने, सचिवालयमा एमालेका तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, भीम रावल , युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भूसाललाई ल्याउनुपर्ने अडान लिनुभएको छ । राजधानी दैनिकमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…