काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भनाभनलाई लिएर चिसिएको सम्बन्ध सुधार्ने भइरहेको प्रयासलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । दुई नेताबीच चिसिएको सम्बन्ध सुधार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाउनु भएको समाचारमा उल्लेख छ ।
पत्रपत्रिकामा नेपाली सेनामा उच्च अधिकारीहरुको तौल कम गराउने तयारी भइरहेको समाचार पनि प्रकाशित भएको छ । पत्रपत्रिकाले विदेशका विभिन्न कम्पनीले उत्पादन गरेर नेपालम भित्रिरहेको औषधिमा अनुगमन नभएको लगायतका समाचार प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– नेपाली सेनामा जवान तथा उच्चखअधिकारीहरु मोटाउँदै जानुको साथै भुँडे अल्छी र अस्वस्थ हुन थालेपछि उचाई र तौलको अनुपात मिलाउन जरुरी भएको छ । त्यसको लागि बीएाआई अर्थात् बडी मास इन्डेक्स अनिवार्य हुने भएको छ ।
कान्तिपुर दैनिक– दशगजामा मिचेर भारतले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबान त्रास बढेको छ । सीमाना पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ बनाउन शुरु गरेका हुन् ।
नागरिक दैनिक– ६ महिनासम्म सम्मन्न गर्नुपर्ने विद्युतीकरणको काम चार वर्ष शुरु नगरेपछि नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले तारुपरे निर्माण सेवा एण्ड सप्लायर्ससँगको संझौता तोडेको छ । तारुपरेले २०७२ असार १४ गते सुर्खेतका विभिन्न १५ गाउँमा विद्युतीकरणका लागि ठेक्का लिएको थियो । तारुपरे निर्माण कम्पनी सल्यानको mबनगाड–कुभिण्डे नगरपालिकाका मयेर गोविन्द पुनको स्वामित्वमा छ ।
नयाँ पत्रिका दैनिक– सरकारले एक वर्षअघि दर्ता गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा अलपत्र छ । वैवाहिक अंगीकृत नागरिकतासहित विधेयकका मुख्य बिषयमा सहमति नजुट्दा २०७५ सालको २२ साउनमा दर्ता भएको विधेयक अहिलेसम्म समाधान हुन सकेको छैन ।
राजधानी दैनिक– तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौ ब्राण्डका औषधि नेपाली बजारमा भित्रिने गरेको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हुँदै आएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक– घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ विघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनको बेला क्याम्पसको जग्गा कब्जा भएको हो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार पायरेर पठनपाठन संचालन गरेको छ । बाँकी खेती योग्य जग्गा सुकुम्बासी, भूमिहीनका नाममा कब्जा भइरहेको क्याम्पस प्रशासनले जनाएको छ