Logo माघ ११, २०७७ आइतबार


सेनाको ‘कम्ब्याट’ लगाउनेलाई कारबाही गरिने

डोटी । सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ । जिल्ला प्रशासनले गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध गरेको छ ।

जिल्लामा पछिल्लो समय अधिकांशले ‘कम्ब्याट’ लगाउन थालेका छन् । सर्वसाधरणले कम्ब्याट’ लगाउन थालेपछि प्रशासनले त्यसलाई निषेध गरेको हो । प्रशासनले कम्ब्याट’ नलगाउन सबैमा आग्रह समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कम्ब्याट’ निषेध गर्न सबै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ । ‘कम्ब्याट निषेधको निर्णय गरेर कार्यान्वयनको लागि जिल्लाका ९ वटै स्थानीय तहलाई पत्र पठाएका छौं’ उहाँले भन्नुभयो, ‘कसैले अटेर गरेर लगाए कारबाही हुनेछ ।’

नेपाली सेनाका सकल दर्जाले लगाउने रंगको पोशाक बजारमा बिक्री हुँदै आएको छ ।  गृह मन्त्रालयले केही महिनाअघि कम्ब्याट’ निषेध गर्न सबै जिल्ला प्रशासनलाई पत्रचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…