‘नाम नतोकौं, सार्वजनिक जग्गा कब्जा गर्न खोज्नेहरु पार्टीभित्रै छन्’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।कार्यवाहक प्रधानमन्त्री पोखरेलले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौति बनेको बताउनुभएको हो ।

मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको भन्दै उहाँले भन्नुभयो, ‘अहिले याे हाम्रो मुख्य चुनौति बनेकाे छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने  प्रवृत्ति छन् । म तपाईहरुलाई नाम तोकेर भन्न चाहन्न । सार्वजनिक जग्गा कब्जा गर्न खोज्नेहरु पार्टीभित्रै छन् ।  यो गलत हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाको पुननिर्माणको कामले गति लिएको बताउँदै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभयो ।

मेयर शाक्यले धरहरा पुननिर्माणको काम संघीय सरकारद्धारा पुननिर्माण प्राधिकरणले अघि बढाइसकेको  उल्लेख गर्नुभयाे ।  उहाँले रानी पोखरी र काष्टमण्डप पुननिर्माणको काम पनि धमाधम भइरहेको भन्दै पुननिर्माणको काममा अवरोध पुर्याउने काम  कतैबाट गर्न नहुने  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…