वडासचिवबाटै बलात्कार !

ओखलढुंगा । सुनकोशी गाउँपालिकामा वडा कार्यालयका सचिवलाई बलात्कारको आरोप लागेको छ । वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कार आरोप लागेको हो ।
४५ वर्षीय कुँवर स्थानीय हुन् । उनीविरुद्ध गाउँकै २३ वर्षीया महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । वडासचिवले आफूलाई जर्बजस्ती गर्न खोजेको महिलाको आरोप छ ।
महिलाले बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि सचिव कुँवर फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।