नेपाल केम्पो खुकुरी मार्शल आर्टस् सात प्रदेश, ६५ जिल्लामा

मोहनप्रसाद मैनाली
काठमाडौं । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सातै प्रदेश र ६४ जिल्लाका प्रतिनिधिको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मानिसको स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले संघले अघि सारेको खेलबाट सबैले फाइदा उठाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका स्थायी सदस्य एवम् संघका सल्लाहकार राजेन्दप्रसाद पाण्डेले खेलले व्यक्तिको प्रगति र स्वास्थ्यका लागि फाइदा हुने भएकाले संघले अघि सारेको कार्य सराहनीय भएको बताउनुभयो ।

‘केम्पो मार्शल आर्टस् विदेशी खेल हो’, पाण्डेले भन्नुभयो, ‘केम्पोसँगै खुकुरी थपेर मौलिक नेपाली खेलको रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउन संघले भूमिका खेलोस् ।’ नजिक आइरहेको साफ खेलकुदमा केम्पो खुकुरी मार्शल आर्टस्ले भाग लिन र सफलता प्राप्त गर्न सकोस् भन्दै पाण्डेले खेल क्षेत्रका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने प्रष्ट पार्नुभयो ।

संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले विगतमा सिमित व्यक्तिबाट मात्र नेपाल केम्पो खुकुरी मार्शल आर्टस्को गठन भएको तर अहिले सातै प्रदेश र ६५ जिल्लामा संगठन पुगिसकेको जानकारी दिनुभयो ।

अध्यक्ष, पूर्णप्रसाद पाण्डे

‘यो खेललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बनाउने कार्यको शुरुवात गरेका छौं’ पाण्डेले भन्नुभयो, ‘हल निर्माणका लागि काभ्रेपलाञ्चोक जिल्लाको नालामा १२ रोपणी जग्गा प्राप्तीको काम भइसकेको छ ।’ खेलमार्फत नेपालीको अस्तित्व र पहिचान विश्वभर पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

‘मार्शल आर्टस् विदेशी खेल हो’, संघका महासचिव रमेश नरालले भन्नुभयो, ’यसलाई नेपाल केम्पो खुकुरी मार्शल आर्टस् नाम दिई नेपालीकरण गरेका छौं ।’

महासचिव, रमेश नराल

केम्पो खुकुरी मार्शल आर्टस् खेलमार्फत नेपालीको शारीरिक तथा मानसिक स्वास्थ्य विकास गर्ने उद्देश्यले सातै प्रदेशमा संगठन विस्तार गरिएको महासचिव नरालको भनाइ थियो ।

कार्यक्रममा पूर्व गृहसचिव उद्दव तिमल्सिना, संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता केदार कोइराला लगायतले खेल विकासका लागि संघले शुरु गरेको कार्य सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका लागि काभ्रेको नालामा जग्गा प्रदान गर्नुहुने समाजसेवी सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र तथा खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा खेलाडीले केम्पो खुकुरी मार्शल आर्टससँग सम्बन्धित विविध खेल प्रस्तुत गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।