भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

काठमाडौं । भारतीय जनता पार्टीका नेता अरुण जेट्लीको निधन भएको छ । नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका वित्तमन्त्री रहनुभएका नेता जेट्लीको शनिबार ६६ वर्षको उमेरमा निधन भएको हो ।
गत नौ महिनायता जेट्लीले एम्स अस्पतालमा उपचार गराउनुभएको थियो । केही दिनयता उहाँको अवस्था नाजुक भएको भन्दै भारतका प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत नेताहरूले जेट्लीलाई भेट्नुभएको थियो ।
जेट्लीले आफ्नो स्वास्थ्यका कारण यसपटक आफू सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री मोदीलाई निर्वाचन अगाडि नै चिठी लेखेर गराउनुभएको थियो ।