कलाकारको एकैस्वर- रवि प्रकरणको निष्पक्ष छानविन होस्

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष  छानविन हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्र्तक्रियामा बोल्दै उनीहरूले लामिछानेलाई छानबिनको माग गरेका हुन् ।

कलाकार दिपकराज गिरीले कानुन सुधार गर्नुपर्ने बताए । उनले रविको पक्षमा ठूलो समर्थन रहेको बताउँदै आक्षेप लगाउने मानिस सत् प्रतिशत सत्य नहुने बताए । ‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानुन संशोधन गरेका छौं, गिरीले भने, ‘म त कानुनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे सत्प्रतिशत सत्य हुँदैन् । कानुन सुधार गर्नुपर्छ ।’

कलाकार निखिल उप्रेतीले नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्यता हराएको बताए । ‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानुनको व्याख्या नै गलत छन् भने कानुनले कसरी काम गर्छ ? उप्रेतीले प्रश्न गर्दे भने, ‘नेपाली झण्डामुनि बसेर काम गरौं । रविजीलाई मात्रै होइन, यहाँ स्वतन्त्र रूपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राइम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’

कलाकार रमेश उप्रेतीले रवि पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानविन हुनुपर्ने माग गरे । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निष्पक्ष होस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि निर्दोष रहेको भन्दै भोलि हुने विश्वस दिलाए । अर्का कलाकार अनुराग कुँवरले रविले न्याय पाउनुपर्ने धारणा राखेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।