चितवन प्रहरी प्रमुखको चेतावनी, रविको अन्तर्वार्ता लिनेलाई कारबाही

चितवन । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिनुभएको हो । मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताउनुभएको छ ।

अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ । सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताउनुभएको छ । रविलाई भेट्न गएका एक सञ्चारकर्मीले अडियो बाहिर ल्याएका थिए ।

आफ्ना पूर्व सहकर्मी सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा छन्।

यो पनि पढ्नुहोस् 

कलाकारको एकैस्वर- रवि प्रकरणको निष्पक्ष छानबिन होस्

https://45.77.241.73/2019/08/135248?fbclid=IwAR0jy-PKLUiMK3DIuTguFex2cyZJmqHm_lxwP9UkmSWXEsNG_K7iSqrq5to

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…