रूखले च्यापेर महिलाको मृत्यु

स्याङ्जा । रूखले च्यापेर एक महिलाको मृत्यु भएको छ । चापाकोट नगरपालिका–१०, की ५८ वर्षीय निनीकुमारी गाहाको शनिबार मृत्यु भएको हो ।
धान गोड्न गएकी गाहालाई बरको रूख ढलेर च्यापेपछि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।