ट्याक्टर दुर्घटनामा एकको मृत्यु

इलाम । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, काकृष्ण बहादुर लम्जेलको घटनास्थलमै मृत्यु भएको हो ।
माइखोलाबाट बालुवा बोकेर आउँदै गरेको मे १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टरमा रहेका ५ जना सकुसल छन् । चालकको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।