शंकरले दिए ईश्वरलाई स्कुल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुखको जिम्मेवारी लिनुभएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार बिशेष कार्यक्रम गरी पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

प्रदेश ५ का मुख्यमन्त्री तथा  तत्कालिन नेकपा एमालेका स्कुल विभाग उपप्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई  व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताउनुभयो । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाबारे एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

स्कुल विभागमा धेरैले दाबी गरिरहँदा पोख्रेलले जिम्मेवारी पाउनुभएको हो । उहाँ एकता अघि एमालेका महासचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…