प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि सिंगापुरमा उपचारत हुनुहुन्छ । उहाँको सिंगापुरस्थित ‘नेशनल युनिभर्सिटी’ अस्पतालमा उपचार भइरहेको छ । । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उहाँले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

प्रधानमन्त्री ओली यस पटक पनि नियमित स्वास्थ्य परीक्षणकै लागि सिंगापुर जानुभएको हो । उहाँको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट उपचार थालिएको छ । ‘प्लाज्मा फेरेसिस प्रकृया मृगौलाको प्रतिरोधात्मक क्षमता कम भएपछि त्यसलाई सबल बनाउन गरिने प्रकृया हो । प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्यासिंह शाहले त्यस्तो प्रकृया अझै केही दिन गर्नुपर्ने जानकारी दिनुभएको छ । प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट प्रतिरोधात्मक क्षमता आएन भने प्रधानमन्त्रीको फेरि मृगौला फेर्नुपर्ने हुन्छ । यद्यपि उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट ठिक हुने बताएका छन् । नीजि चिकित्सक शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री मुलुकको कार्यकारी । मुलुक संघीयता कार्यान्वयन चरणमा छ । देशको सबै निकाय तथा संरचनालाई संघीय ढाँचा अनुसारको बनाउने कार्य भइरहेको छ । त्यसमा प्रधानमन्त्रीको भूमिका र सक्रियता बढी आवश्यक हुन्छ । यही बेला प्रधानमन्त्री अस्वस्थ हुनुभएको छ । त्यसबाट सरकारको काम कारबाही प्रभावित भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको छ । एमाले र माओवादीबीच एकतापछि बनेको नेकपामा एकीकरणका कार्य अझै बाँकी छन् । प्रधानमन्त्रीको स्वास्थ्यकै कारण पनि एकीकरण पूर्ण रुपमा टुंगिएको छैन ।

एकीकरणका बाँकी काम जतिसक्दो चाँडो सक्नुपर्ने दृष्टिले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे सर्वत्र चासो र चिन्ता छ । सरकारको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र एकीकरण कार्य पूर्ण रुपमा टुंग्याउने प्रधानमन्त्री स्वस्थ्य हुनु आवश्यक छ । अहिले सर्वत्र प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…