रविलाई दुरुत्साहन अभियोग लगाउन प्रहरीको राय

दोषी प्रमाणित भए ५ वर्ष कैद र ५० हजार जरिवाना हुने

आनन्द पोखरेल
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा पेस गरेको छ ।

चितवन आएको प्रहरीको केन्द्रीय अनुसन्धान टोलीका प्रहरी उपरीक्षक दिपक रेग्मीले आइतबार पत्रकार सम्मेलनमार्फत अनुसन्धान पूरा गरी आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको जानकारी दिनुभयो । रेग्मीले अनुसन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको बताउनुभएको छ ।

उहाँका अनुसार अब अगाडिको प्रकृयाको टुंगो लगाउनुपर्ने जिम्मा सरकारी वकिलको हुनेछ । आइतबार तीनैजना आरोपीलाई या त थुना मुक्त गर्नुपर्छ वा अदालतमा उपस्थित गराएर अगाडिको काम कारबाही तय गर्नुपर्ने हुन्छ । अनुसन्धान पूर्ण भइसकेको अवस्थामा जिल्ला सरकारी कार्यालयले फाइलको अध्ययन गरी क–कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नसक्छ ।

मुद्दा चलाउने निर्णय भए आजै मुद्दासहित तीनैजना आरोपीलाई अदालतमा पेश गरिन्छ र अदालती प्रकृया शुरु हुन्छ । सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धानमा थप प्रमाणहरु चाहिने वा अनुसन्धान गर्नुपर्छ भन्ने लागेमा प्रहरीलाई थप अनुसन्धानका लागि फाइल फिर्ता पठाउन सक्छ । यदी सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा आरोपीलाई अभियोजन गर्न सकिँदैन भन्ने लागेमा मुद्दा नचलाउने सिफारिस गर्न सक्छ ।

जिल्ला सरकारी कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताले सदर गर्नुपर्ने हुन्छ । त्यसपछि प्रहरीले आरोपीलाई थुनामुक्त गर्नसक्छ । हिरासतमा लिएको व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रावधान छ ।

चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुसन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय लिएको थियो । मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ । अनुसन्धानका क्रममा आत्महत्या अगाडि को भिडियो, पुडासैनीसँग भएका सम्बन्ध, टेलिफोन, आवश्यक प्रमाण सबैलाई अनुसन्धान गरेर सरकारी वकिलमा पेस गरेको जानकारी दिइएको छ ।

प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता लामिछाने, पत्रकार युवराज कडेल र अस्मिता कार्कीमाथि अनुसन्धान गरी प्रमाणसहित पेस गरेको हो । अनुसन्धानमा भएका आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहनमा नै मुद्दा पेस गरेको छ । अनुसन्धानको आधारमा सम्मानित अदालतले जे आदेश दिन्छ, त्यही काम प्रहरीले गर्ने रेग्मीले बताए । ‘भिडबाट होइन अदालतबाट न्याय खोज्नु पर्दछ’ रेग्मीले भने ।

प्रचलित कानुन अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा दोषी भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…