‘अनियमितता र गुणस्तरहीन काम गर्नेलाई कारबाही’

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्ने लाई कारवाही गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा समिति सदस्यहरुले सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाइए कडा कारबाही गर्ने बताउनुभएको हो । उहाँले कार्यक्रमको तत्काल अनुगमन गरी दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।

‘गुुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको पाइए ठेकेदार र कर्मचारीलाई कारवाही गर्छौ’ उहाँले भन्नुभयो, ‘एक इन्च पनि गुणस्तरहीन काम शहरी विकास मन्त्रालयले गर्दैन । स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइट निर्माणको काम रोकिएको छ ।’

समितिले नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसारको कार्यप्रगति अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा कार्य हुन नसक्नुको अवस्था पहिचान गरी प्राथमिकताको आधारमा प्रभावकारिताका साथमा काम अघि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले नयाँ शहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाडौं उपत्यकाको फोहर संकलन र व्यवस्थापनका सम्बन्धमा शहरी विकास मन्त्रीको साथै सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।