रेडिअन्ट कप बास्केटबलमा इबीए क्वाटरफाइनलमा

काठमाडौं । इबीए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबारको खेलमा इबीएले न्यु भिजनलाई १८–१२ ले पराजित गर्यो । जुनियर ब्वाइजमै महामञ्जुश्रीले एआईलाई ३२–२० तथा पुष्पसदनले मोक्सदालाई १४–११ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । महामञ्जुश्रीका शिवम् लामाले १४ तथा पुष्पसदनका प्रज्ज्वल अधिकारीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमा रुपिजले तोरणलाई ४६–३०, एरिसले होली भिजनलाई ४७–३६ र नेपालयले बौद्ध चिल्ड्रेन हेभेनलाई ३४–२९ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । रुपिजका आदित्य गुरुङले १०, एरिसका उज्ज्वल लिम्बूले १७ र नेपालयका देव आले मगरले २४ स्कोर गरे ।

सिनियर गल्र्समा द चाँदबागले ग्यालेक्सीलाई १५–८, निम्सले मोक्सदालाई १८–१०, इनोभेटिभले जेसिस इन्टरनेसनललाई २३–१० र सिद्धार्थ बनस्थलीले न्यु भिजनलाई १३–११ ले पन्छाए । चाँदबागकी श्रेया गुरुङले ७, निम्सकी डोल्मा तामाङले १०, इनोभेटिभकी स्वच्छता थापाले ६ र सिद्धार्थ बनस्थलीकी यशश्री गुप्ताले ९ अंक बटुले ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।