अनिवार्य प्यान कार्ड व्यवस्थाप्रति नेता नेपालको असन्तुष्टि

काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्ठी जनाउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरी सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभएको हो । उहाँले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सवल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्व आँकलन गर्न नसकिएको तर्क गर्नुभयो । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति उहाँले असन्तुष्ठी जनाउनुभयो ।

‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो, आर्थिक अवस्था राम्रो हुनुपर्यो, सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो, आर्थिक गतिविधि तिब्र ढंगले संञ्चालन हुँदै जानुपर्यो’, नेपालले भन्नुभयो, ‘आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने, यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याइकन कुनै पनि कदम चाल्नु हुदैन ।’

उहाँले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरी यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…