कांग्रेस संरचना गठनमा आलटाल

काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई प्राथमिकतामा राखेर छापेका छन् ।

आइतबार जनता समाचार डटकम मा कस्तो छ प्रधानमन्त्रीलाई ? श्रमिकलाई नगद भुक्तानी गरे सरकारले कठोर कदम चाल्ने,एनसेल टावरमा फेरि आगजनी, रवि लामिछानेसहित तीनैजनालाई दुरूत्साहन मुद्दा, ‘अनियमितता र गुणस्तरहीन काम गर्नेलाई कारबाही’, सुनको मूल्य बढेको बढ्यै, किन्ने भन्दा बेच्नेको घुँइचो र रेडिअन्ट कप बास्केटबलमा इबीए क्वाटरफाइनलमा लगायतका समाचार प्रकाशित भए ।

गोरखापत्र दैनिक– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृत दिइउको छ । मन्त्रिपरिषद्को निर्णयबाट फलाम खानी स्थापना गर्न स्वकृत दिइएको हो । सरकारको निर्णयसँगै फलामको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढ्नेछ ।

कान्तिपुर दैनिक– संसदमा पेश भएको एक वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो लागेको छैन । संसदबाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकता सम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन् ।

अन्नपूर्ण पोष्ट दैनिक– महालेखापरीक्षकको क्षेत्राधिकार संकुचन हुने गरी कानुन बन्न लागेको छ । स्वतन्त्र र स्वायत्त संवैधानिक निकायको अधिकारमा प्रधानमनत्रीको हात माथि पार्ने गरी विधेयक ल्याइएको छ ।

नागरिक दैनिक– प्रदेशसभा गठनको डेढवर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलभित्रै मतान्तरण बढेपछि यो बिषय पेचिलो बन्ने देखिएको छ ।

नयाँ पत्रिका दैनिक– शिक्षक सेवा आयोगले लिएको लिखित परक्षा र अन्तरवार्तामा समेत उत्तीर्ण भएर सिफारिस भएका शिक्षकले महिनौंसम्म पनि नियुक्ति पाएका छैनन । नियुक्ति नपाएपछि माध्यमिक तहका २९ शिक्षक अहिले दिनहुँ शिक्षा तथम मानवस्रोत विकास केन्द्र धाइरहेका छन् ।

राजधानी दैनिकले कांग्रेस संरचना गठनमा आलटाल भइरहेको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अन्तरिम संरचना गठनमा केन्द्रबाटै अलमल भइरहेको समाचारमा उल्लेख छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार जिल्ला तहमा संरचना गठनका लागि प्रतिनिधि कसलाई पठाउने भन्ने टुंगो नलागेको र छलफलकै क्रममा रहेकाले अझै यो विषय टुंग्याउन १-२ दिन लाग्ने देखिन्छ ।

कारोबार दैनिक– चालू आर्थिक वर्षबाट पूर्ण रुपमा लागू भएको सामाजिक सुरक्षा योजनामा ४ हजार ५ सय रोजगारदाता (प्रतिष्ठान) र ३५ हजार ५ सय श्रमिक सूचीकरण भएका छन् ।
सामाजिक सुरक्षा कोषले साउनबाट दर्ता शुरु गरेसँगै एक महिना अवधिमा साढे ४ हजार प्रतिष्ठानका साढे ३५ हजार श्रमिक दर्ता भएको जनाएको छ ।

यसैगरी पत्रिकाले नेकपा सचिवालयको बैठक अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पहिलोपटक बस्न सोमबार बस्न लागिरहेको विषयलाई प्रमुख समाचार बनाएको छ । पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेकपाको सचिवालयको बैठक अध्यक्ष दाहालको अध्यक्षतामा बस्न लागेको हो । प्रधानमनत्री समेत रहनुभएका अकाृ अध्यक्ष केपी ओली उपचारको सिलसिलामा सिंंगापुर जानुभएका कारण अर्का अध्यक्षको अध्यक्षतामा सचिवालय बैठक बस्न लागेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…