Logo कार्तिक १४, २०७७ शुक्रबार


पत्रकार मृत्यु प्रकरण, लामिछाने र कँडेलको बयान आज

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकणमा आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेकामध्ये अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । तर आइतबार समय अभावका कारण बाँकी दुई जनाको बयान भने सोमबार  हुँदैछ ।

सोमबार रुकुको बयान सकिँदा कार्यालय समय पनि सकिएकोले बाँकी बयान आजका लागि सारिएको हो । जिल्ला अदालत चितवनका न्यायाधिश हेमन्त रावलको इजलासमा रुकुको बयान भएको थियो ।

दुरुत्साहन मुद्दाका तीनै जनाको बयान सकिएपछि थुनछेक बहस हुनेछ । पक्ष विपक्षका कानुन व्यवसायीको बहस सुनेपछि मात्रै न्यायाधिशले पुर्पक्षका लागि थुनामा राख्ने वा तारेखमा छाड्ने आदेश दिनेछन् ।

अभियोग पत्रमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मीता कार्की तीनै जनालाई आतमहत्या दुरत्साहनअन्तर्गतको कानुनन अनुसार एउटै मागदाबी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको  छ । राजधानी दैनिकले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।