Logo मंसिर ११, २०७७ बिहीबार


छात्राको कार्ड नम्बर विद्यालयको खातासँग मिल्दा १० लाख गायव !

एजेन्सी । भारतको गढवा झारखंडको मध्य विद्यालयमा अध्ययनरत विद्यार्थीको कार्ड नम्बर विद्यालयको बैंक खातासँग मिल्दा विद्यार्थीले रकम झिकेका छन् ।

विद्यालय व्यवस्थापन समितिको कमजोरीले तातीदिरी मध्य विद्यालयमा अध्ययनरत छात्राले  (६ लाख ४७) नेपाली रकम १० लाख ४ हजार   रकम झिकेकी हुन् ।

छात्राकाको आधार कार्डको नम्बर विद्यालयको आधार कार्ड नम्बरसँग मिलेपछि रकम निकासा भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ती छात्राले विद्यालयलाई जानकारी गराउनुको साटो आफ्ना सहपाठीसँग मिलेर रकम झिकेकी हुन् । उनले ९ पटकसम्म विद्यालयको बैंक खाताबाट (६ लाख ४७) नेपाली १० लाख ४ हजार रकम निकासा गरेको भेटिएको छ ।

विद्यालयको खाताबाट करिब ६ लाख ५० हजार रुपैयाँ कसरी निकासा भयो भन्नेमा विद्यालय केही समय अनविज्ञ थियो । लामो प्रयासपछि पनि खातामा भएको रकम पत्ता नलागेपछि व्यवस्थापन समितिले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी अनुसन्धानबाट केहीसमय पछि सोही विद्यालयकी छात्रा र विद्यालयको बैंक खाताको आधार कार्ड नम्बर मिलेको खुलेको थियो ।

प्रहरीले त्यो जानकारी पाएपछि छात्रालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा छात्राले एक साथीको सहयोगमा रकम निकासा गरेको स्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।