प्रदेश पाँचको नाम र राजधानीको टुंगो यसैवर्ष

हुमाकान्त पोखरेल
गुल्मी । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पाँच नम्बर प्रदेशको नाम र राजधानी यसै वर्ष टुंगो लाग्ने बताउनुभएको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेले नाम र राजधानीको टुंगो लाग्ने बताउनु भएको हो ।

‘नाम र राजधानीको विषयमा सरकारले एउटा समिति गरेको थियो । समितिको प्रतिवेदन आइसकेपछि टुंगो लाग्छ, उहाँले भन्नुभयो, समितिले अहिले विभिन्न राजनीतिज्ञ, भुगोलविद् तथा विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरिरहेको छ ।’

प्रदेश राजधानी राजनीतिक दाउपेच भन्दा पनि सबैलाई उचित हुने ठाउँमामा राख्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

मुख्यमन्त्री पोखरेलले आगामी तीन वर्षभित्र प्रदेशका सबै ठाउँमा ‘एक घर एक धारा’ पुर्याउने लक्ष्य प्रदेश सरकारले लिएको बताउनुभयो ।

त्यस्तै विकास र सुशासनका पक्षमा प्रदेश सरकार अब्बल रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले आवश्यक कानुन निर्माण, कार्यालय स्थापना र विकास खर्च अधिक भएकोले संघियताको सफल कार्यान्वयन प्रदेश सरकारले गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…