‘१, २ नम्बर गियरबाट पर्यटनको लक्ष्य पूरा हुन्न’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने बताउनुभएको छ ।

पर्यटन विभागले मंगलबार गरेको कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन वर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै काम बाँकी नै रहेकाले कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने आवश्यकता औल्याउनुभएको हो । उहाँले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन वर्ष लक्षित गरी कामलाई तीब्रता दिनुपर्ने बताउनुभयो ।

‘पर्यटन बर्ष २०२० को मिसन पूरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै काम छन्, त्यसमा केही ढिलाई भएको छ’ उहाँले भन्नुभयो, ‘सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनु पर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाँही १, २ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।’

सरकारले आउँदो पुसभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा त्यसको केही महिना भित्र उडान पनि शुरू लक्ष्यसाथ काम भइरहेको बताउनुभयो । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रिकालिन उडान भर्ने व्यवस्थासहित स्तररोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।