शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले बोलायो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेस्निक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ ।

सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था नदेखिएकाे जनाएकाे छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशमा पुडासैनीले कति समय अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झुन्डिएर आत्महत्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनि यकिन गर्न नसकिएको अदालतले उल्लेख छ ।

शव परीक्षण गर्ने महाराजगन्ज शिक्षण अस्पतालका दुई चिकित्सक र भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरी केन्द्रीय प्रयोगशालाका फेरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…