टेम्पोले आर्जेको खुशी (भिडियोसहित)

अस्मिता रिजाल
काठमाडौं । सवारी चालकमा महिलाको आकर्षण बढ्दो छ । नेपालका महिलाले स्कुटर मात्र होइन, कारदेखि ट्रक समेत चलाएका छन् । अझै टेम्पो चलाउने त छ्यासछ्यास्ती छन् ।

१६ वर्षअघि काठमाडौको सडकमा महिला टेम्पो चालक फाट्टफुट्ट मात्रै देखिन्थे । अहिले टेम्पोमा पुरुषसँग प्रतिस्पर्धा गर्ने महिला प्रशस्तै छन् । काठमाडौ अहिले ६ सय भन्दा बढी महिलाले टेम्पो चलाइरहेका छन् । टेम्पो चलाएरै पारिवारीक गुजारा चलाउने महिला हुन्, सुनिता दुलाल । टेम्पोको कमाईबाटै उनको परिवार सुखी बनेको छ । केही महिलाले टेम्पो गुडाएरै काठमाडौंमा घर–घडेरी समेत जोडेका छन् ।

सार्वजनिक सेवा, थोरैको रहर अनि धेरैको जीवन धान्ने माध्यम सामान्य देखिनु स्वभाविक हो आम नजरमा । तर ट्याम्पु चालकमा जब महिलाको प्रवेश भयो तब समाजले एउटा ठूलै फड्को मार्यो महिला सशक्तिकरणको क्षेत्रमा ।  बाहिरी दुनियाँसँग परिचित गरायो ती दिदीबहिनीलाई जो  क्षमता भएर पनि घरको चुल्हो र चौकोमै सीमित थिए । त्यही मध्येकी हुन् कृष्णमाया बुलुङ । अहिले भने उनको परिचय फेरिएको छ । उनी पहिला गृहणी, अहिले टेम्पो ‘ड्राइभर’ ।

 काठमाडौंमा सडक बिस्तार भइरहेको छ । ापहिलामा साँघुरा सडक धमाधम फराकिलो पारिँदैछ । महिलाले त्यही सडकमा टेम्पो गुडाएर आफ्नो भविष्य फराकिलो पार्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…