जनक बालपत्रिका विमोचित

काठमाडौं । बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्रले ‘जनक बालपत्रिका’ प्रकाशनमा ल्याएको छ । आइतबार जनक शिक्षा सामग्री केन्द्रले गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले पत्रिका विमोचन गर्नुभएको हो ।

पत्रिका विमोचन गर्दै उहाँले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर क्रियाकलापमा विद्यार्थीको सक्रियता  बढाउने बताउनुभयो ।

विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश छन् ।

पत्रिकाको समीक्षा गर्दै पाठ्यक्रम विकास केन्द्रमा महानिर्देशक डा.लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सेना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गर्नुभयो ।

चिरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिकाको डिजाइनर सन्तोषकुमार दाहाल हुनुहुन्छ । ६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको यस पत्रिकाको मूल्य रु. १०/– रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…