भाइरल ज्वरोले विद्यालय बन्द

भोजपुर । भाइरल ज्वरोले विद्यालयका २ सय दुई जना विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्याक श्रीकृष्ण बोगटीले जानकारी दिनुभयो ।

यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा समेत ज्वरोको असर देखिएको छ । भाइरलले विद्यार्थी एकपछि अर्को गर्दै बिरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता भएको सहायक प्रअ बोगटीको भनाइ छ । विद्यालयामा केही दिनअघिदेखि शुरू भएको भाइरल ज्वरोले विद्यार्थीसँगै स्थानीयवासीलाई ग्रसित बनाएको छ ।

दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको छ । भाइरल ज्वरोबाट दिङ्लाका अन्य तीन विद्यालयका विद्यार्थीसमेत बिरामी भएको विद्यालयले जनाएको छ ।

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा दैनिक १५ जनासम्म भाइरलका बिरामीले बहिरङ्ग सेवा लि अस्पतालले जनाएको छ । दूषित खानेपानी, बदलिँदो मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलको बिरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा. शिवजी रिजालले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन