मौद्रिक नीति र अर्थतन्त्रका सवाल

मौद्रिक नीति भन्नाले देशको आर्थिक कारोबार, मुद्रास्फिर्ती र अर्थ तन्त्र सूचाकं अवस्थाबारे अध्ययन गर्नु हो । मौद्रिक नीतिले बजेटको उद्देश्य कार्यान्वयनमा सहयोग गर्छ । मौद्रिक नीति नेपाल राष्ट्र बैकले जारी गर्छ। नेपाल राष्ट्र बैक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०५९/६० देखि राष्ट्र बैकले वार्षिक मौद्रिक नीति सार्वजनिक गदै आएकाे छ ।

मौद्रिक नीतिमा देशको अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्छ । यसमा अर्थतन्त्रसँग जोडिएका सूचांक, व्यापार, कृषि, उधोग, र पर्यटनको अवस्था वृतचित्रमा प्रस्तुत गरिन्छ ।

बैङिकिङ क्षेत्र :  देश विकास गर्न रोजगार सिर्जना गर्न बैङिकिङ क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । ३ वर्षको मौद्रिक नीतिमा बैक तथा वितिय संस्थालाई राष्ट्रबैकले २ वर्षभित्र तोकिएको पूँजी वृद्धि गरियो । सबै बैक तथा वितिय संस्थाले मर्डर एक्सिजिन बोनश राइटँएइ माध्यका पूजी वृद्धि गरिएको अवस्था छ । पूँजी वृद्धिका सकारात्मक तथा नकारात्मक पक्ष होलान, तर जलविद्युत, औधोगिक, पर्यटन, कृषि क्षेत्रमा लगानी वृद्धि हुदै गएको छ । यी क्षेत्रमा ठूल्ठूला आयोजना छन् । केही वर्षअघि जलविद्युतमा १० वटा बैकले कर्जा प्रवाह गर्नुपथ्यो । तर अहिले ३ वटा बैकले मात्र प्रवाह गर्छन् । यसबाट बेंकको लगानी क्षमता बढेको देखिन्छ ।

विप्रेषण १७ दशमलव ५ प्रतिशत वृद्धि भइ ८ खर्ब ६० अर्ब रुपैयाँँ नेपाल भित्रिएको छ, यो राम्रो पक्ष हो

जलविद्युतमा पछिल्लो समयसिधै नागरिकको लगानी हुन थालेको छ । सरकारले सन् २०३० मुलुकलाई विकसिल राष्ट्र बनाउने लक्ष्य लिएको छ । सरकारले त्यसमै आधारित रहेर योजना बनाउँदै छ । मुलुकमा ऋणको क्षमता बढेको देखिन्छ । तर कर्जाबाट प्रतिफल भने खास्सै देखिएमो छैन । कर्जाबाट प्रतिफल नहुनु बैकको सुपरभिजनको कमी भएको हो । कर्जा प्रवाहमा समेत कमिसनको चलखेल हुन थालेको छ । यसप्रति राष्ट्र बैक र अर्थमन्त्रलय चनाखो हुनु पर्ने देखिन्छ ।

 विप्रेष्ण : देश विकास गर्नको लागि विप्रेष्ण मुख्य योगदान मानिन्छ । यो वर्षको मौद्रिक नीति २०७५/०७६ तथ्यांक अनुसार गतवर्ष भन्दा विप्रेषण आप्रवाट १७ दशमलव ५ प्रतिशत वृद्धि भइ ८ खर्ब ६० अर्ब नेपाल भित्रिएको छ । यो राम्रो पक्ष हो । विप्रेष्ण आप्रावाह बृद्धि हुनुमा अमेरिकी डलर वृद्धि हुनुको कारक तत्व मानिन्छ । जसरी हाम्रो विप्रेष्ण रकम भित्रिन्छ त्यसरी नै त्यो रकम उपभोगको रुपमा बाहिर भित्रिएको छ । तथ्यांक अनुसार विप्रेष्ण हिस्साको ८० देखि ९० प्रतिशत रकम उपभोग विलाशिता सामाना गएको देखिन्छ । अर्थतन्त्रमा सुधार गर्न त्यो रकम उत्पादनशील क्षेत्रमा प्रयोग हुनुपर्छ । तर सरकारले अहिलेसम्म त्यस सम्बन्धी कुनै योजना प्रस्तुत गरेको देखिदैन ।

कृषि उर्जा पर्यटन क्षेत्र: देश विकास गर्नको लागि यो क्षेत्रलाई प्रथामिकता दिनुपर्छ । नेपाल कृषि प्रधान देश हो । कूल जनसंख्याको दुई तिहाई कृषिमा निर्भर छन् । यस बर्ष मौद्रिक नीतिमा सबै बैक तथा वित्तीय संस्थाले अनिवार्य १० प्रतिशत कृषिमा लगाउनी गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै उर्जा तथा पर्यटनमा १५ प्रतिशत पुयाउनु पर्ने घोषणा गरिएको छ । राष्ट्र बैकका अनुसार यी क्षेत्रमा बैक तथा वित्तीय सस्थाले गत वर्ष ४ खर्ब १७ अर्ब ८३ करोड कर्जा प्रवाह गरेका थिए । तर त्यसबाट लक्ष्य अनुसार प्रतिफल भने प्राप्त भएको छैन ।
मुलुकलाई कृषि प्रधान भनिएको छ तर कृषि जन्यवस्तु ठूलो परिणामा भारत लगायत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । कृषिजन्य वस्तुको आयात झन् भन्दा झन् बढ्दै गएको छ ।

भारतबाट मात्र ९ खर्ब १८ अर्ब रुपैयाको आयात भएको देखिन्छ १३ खर्ब भन्दामाथि आयात गर्दा १ खर्ब निर्यात गर्न नसक्नु विडम्बना हो 

सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्घोष गर्दै आएको छ । कृषि मन्त्रालय पनि किसानलाई अनुदान तथा सहुलियत ऋणका विभिन्न योजना तथा कार्यक्रम संचालन गरिहेको छ । तर वास्तविक किसानले अनुदान तथा सहुलित ऋण पाएका छैनन । त्यहीकारण कृषि व्यावसायिक हुन सकिरहेको छैन । उत्पादन वृद्धि हुन सकेको छैन । सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना बनाएको छ । राष्ट्र बैकको तथ्यांक अनुसार पर्यटक औसत बसाई १३ दिन छ । पर्यटनबाट ११ महिनामा ६८ अर्ब ६३ करोड रुपैया आर्जन भएको देखिन्छ । मुलुकमा संख्यात्मक भन्दा स्तरीय(बढी खर्च गर्न खालका) आवश्यक छ । त्यस्ता पर्यटक भित्रयाउन सके देशले पर्यटनमा फड्को मार्नेछ ।

व्यापारघाटा : व्यापारघाटा नेपालको अर्थतन्त्रको मुख्य चुनौति बनेको छ । राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म मुलुकको व्यापार घाटा १२ खर्ब ९६अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । व्यापार घाटा गत वर्ष १३ खर्ब १५ अर्ब रुपैयाँ थियो । भारतसँग ६५ प्रतिशत व्यापारको साझदारीो छ । भारतबाट मात्र ९ खर्ब १८ अर्ब रुपैयाको आयात भएको देखिन्छ १३ खर्ब भन्दामाथि आयात गर्दा १ खर्ब निर्यात गर्न नसक्नु विडम्बना हो  ।

व्यापार घाटा कम गर्न निर्यात सुधार ल्याउनु पर्छ । नेपालमा उत्पादित वस्तु गलैचा, पश्मिना, अलैची लगायतको निर्यातमा सुधार गर्नुपर्छ । व्यापार घाटा कम गर्न भारतसँग निर्भरता रहेको पेट्रोल ग्यासद निर्यातमा कम गर्दै त्यसलाई विस्थापन गर्नुपर्छ । त्यसको लागि विद्युत उत्पादन वृद्धि गर्नु आवश्यक छ ।

वैदेशिक लगानी : नेपाल एउटा प्रचुर मात्रमा सम्भावना बोकेको देश हो । हामीले राम्रो बैदेशिक लगानी भित्रायाउन सक्यौ भने २०३० सम्म मुलुक मध्यम आय र विकाशील राष्ट्र बन्न सक्छ तर त्यो धेरै ग्राहो छ । मुलुकमा गएको चैतमा पनि लगानी भयो । सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधि आए । विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता पनि जनाए । ३० खर्ब भन्दा माथि लगानी गर्ने भनेर विभिन्न प्रतिवद्धता आएको छ । तर प्रतिवद्धता मात्र जनाउनु लगानी नभित्रिनु अहिले मुख्य समस्या भएको छ ।

राष्ट्र बैकका अनुसार २०७४/ ०७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनााइएको थियो । यो आर्थिक वर्षसम्म लगानी २३ अर्ब ९४ करोड रुपेयाँमै सिमित छ । प्रतिवद्धता अनुसार लगानी जुट्न नसक्नुको पछाडि कानुन लगानी मैत्री हुन सकिरहेको छैन । लगानी वृद्धिको भित्र्याउन कानुन लगानी मैत्री हुनु आवश्यक छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।