संस्कृतिविद् राई र सितिमीलाई दिलकुमारी पुरस्कार

काठमाडौं। गीतकारद्वय दिदीभाइ सरिता चाम्लिङ ‘नाना’ र टीका चाम्लिङसमेतका ममतामयी आमा स्व. दिलकुमारी चाम्लिङ राईको स्मृतिमा परिवारद्वारा स्थापित ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ संस्कृतिविद् तथा लेखक डा. भक्त राई र चाम्लिङ भाषाको मासिक पत्रिका ‘सितिमी’का लागि प्रकाशक तथा सम्पादक तिलक चाम्लिङलाई प्रदान गरिएको छ । डा. राईले संस्कृतिका क्षेत्रमा र चाम्लिङले मातृभाषा साहित्यको जगेर्नामा उल्लेखनीय योगदान गरेबापत पुरस्कृत गरिएको हो ।

बिहीबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा आयोजित समारोहमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले राईद्वयलाई जनही २५ हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले दिवंगत भएकी आफ्नी ममतामयी आमाको स्मृतिमा पुरस्कार स्थापना गरेर चाम्लिङ परिवारले उदाहरणिय काम गरेको बताउनुभयो । ‘यस्तो कार्यले दिवंगत भएका आफन्तको आत्माले शान्ति पाउँछ र उहाँहरूको स्मृति अमर रहन्छ ।’

नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा भएको कार्यक्रममा दिलकुमारीका जेठा छोरा टीका चाम्लिङले आफ्नी आमा सिलिमोमाका साथै लोकशिल्प र कलाकी ज्ञाता भएकोले पनि मातृभाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए। उनले भने, ‘यस पटकचाहिँ दुई वर्षको पुरस्कार एकैचोटि प्रदान गरिएको हो ।’

कार्यक्रममा वरिष्ठ कवि जसराज किराँती र मुन्दुुमविद् भोगिराज चाम्लिङले पुरस्कृत प्रतिभाका बारेमा प्रकाश पार्नुभएको थियो भने स्व. दिलकुमारीका भाइ चन्द्र चाम्लिङ राई र घनश्याम चाम्लिङ राईले दिलकुमारी चाम्लिङका बारेमा बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…